आँखा चिम्म गर्यो
केही सम्झन, केही भुलाउन
टुप्लुक्क आउछ हसिलो मुहार
जिस्काउछ, जिस्कन्छ
अतितका क्षण याद दिलाउछ
आँखा खोल्यो र विरत्त जीवन
एक्लो म
अनि उनी मेरी मेरो सम्झनामा ।
छहारीमा बस्यो
शीतल पवन चल्छ
नाक चलाख हुन्छ,
उनैको बास्ना हो कि भनी
त्यो पनि टाढा हुन्छ, नटेरे झै गरी
त्यसलाई समात्न खोज्यो
डाँडा पारी त्यो
एक्लो म
अनि उनी मेरी मेरो सम्झनामा ।।
झ्यालबाट चिहायो
आउँदै छिन् कि उनी भनी
मेरो लागि मखमली बाटो गरी
हेर्दाहेर्दै आँखा धमिलो हुन्छ
आँखा मिच्योफेरि हेर्ने कोशिश गर्यो,
पर्खाई छ रित्तै
एक्लो म
अनि उनी मेरी मेरो सम्झनामा ।।।
सिरकभित्र लुटपुटियो
उनको छाँया आउँछ,
कपालको स्पर्श मुहारमा बिझाउँछ,
काउकुती लगाउँछमुसुमुस हाँस्यो,
आँखा खोल्दा क्यानभासमा
एक्लो म
अनि उनी मेरी मेरो सम्झनामा ।।।।
Subscribe to:
Post Comments (Atom)
nice, very emotional and full of feeling :)
ReplyDelete