Tuesday, September 8, 2009

के लेखुँ तिमि संग दाँजेर

कहाँ थियौ तिमि, खोज्दै थिए भुमरीमा
आयौ तिमि सामिप्य, मन्द मुस्कान र्छर्दै मुहारमा ।
दियौ आशा अनि, यौवनमा लठि्ने नशा
सायद म अर्धचेतन थिएँ, नव उमंग छायो जीवनमा ।।

लपेटिए म त्यो मिठो लतले, देख्ने तिमिलाई हरेक पलमा
एकछिन टाढा हुदा तिमि, बल्छ आगो ह्दयमा ।
त्यही आगो चिसिन्छ, आँसु बन्छ नयनमा
सम्हाल्छु म आफैलाई, मिठो मिलनको पर्खाईमा।।

रोशनी हौ तिमि मेरो, मोक्षको बाटो देखाउने
आफू भित्र भित्र जली, मेरो लागि रमाउने ।
ब्रम्हाण्ड हौ तिमि मेरो, सधै बस हाँसेर
तिमि मेरो र्सबस्व हौ, के लेखुँ तिमि संग दाँजेर ।।

2 comments:

  1. अति सुन्दर भाव!!
    त्यही आगो चिसिन्छ, आँसु बन्छ नयनमा
    सम्हाल्छु म आफैलाई, मिठो मिलनको पर्खाईमा।।
    साह्रै राम्रो!!!!

    ReplyDelete
  2. मदन दाइ, गरेछौ त काम? कहिले बाट हो यस्तो कवि? ल ल, बधाई छ!!!

    ReplyDelete